पुष ६ पाेखरा ।
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिति कास्कीको ९ औ बैठक विहिवार पाेखरामा सम्पन्न भएको छ । युनियन कास्कीका अध्यक्ष श्री सुरेश कुमार श्रेष्ठको अध्यक्षतामा वसेको बैठकमा जिल्लाका पदाधिकारी सदस्य ,सल्लाहाकार आधिकारीक ट्रेड युनियनका पदाधिकारी शुभेच्छुक युनियनकर्मीहरूकाे सहभागितामा विभिन्न प्रस्ताव उपर छलफल गरि निर्णय गरेकाे छ ।
गण्डकी प्रदेश सभाका सदस्यहरु माननिय सरस्वती गुरुङ्ग र माननिय प्रकाश वराललाइ युनियन कास्किकाे तर्फवाट वधाइ र शुभकामनाका साथसाथै सम्मान गरेकाे छ । विभिन्न जिल्लाहरुवाट कास्कीमा सरुवा भै आउनु भएका स्वास्थ्य अधिकृत नानीवावु ढकाल, नासु यम नारायण पनेरु र ईन्जिनियर नविन कुमार चौधरीलाइ कास्कीमा युनियनले कास्कीले स्वागत गरेकाे थियाे।
कास्की युनियनका कार्य समिति सदस्य अनिल वराल ना सु पदमा वढुवा हुनु भएकोमा हार्द्धिक वधाई ज्ञापन गरेकाे छ । साथै वैठकले विभिन्न प्रस्तावमा छलफल गरि निर्णय गरेकाे छ । गण्डकी प्रदेशका नव निर्वाचीत माननीयज्यूहरुलाई पौष १४ गते वधाई शुभकामना कार्यक्रम संचालन गर्न युनियन कास्कीका निवर्तमान अध्यक्ष डार्विन लम्सालकाे सयोजकत्वमा सचिव सुमन शर्मा, सह सचिव जिवनाथ मरासिनी, सदस्य सविना पौडेल रेग्मी, तेजाखर लम्साल, सदस्य रहने गरि समिति गठन गरि जिम्मेवारी दिने निर्णय गरेकाे छ।
प्रदेश स्थानिय निजामती सेवा विधेयक २०७९ मा थप गर्नु पर्ने विषयहरुको लागि सूझाव संकलन र भेला कार्यक्रमको आयोजना गर्ने र युनियनको २०८० को क्यालेण्डर प्रकाशन तयारीको गर्नका लागि उपाध्यक्ष केदार सापकोटाको संयोजकत्वामा सदस्यहरु सुमन शर्मा ,चेतराज आचार्य ,दिपक पराजुली , रन्जना पोखरेल ,राममाया कडरीया सदस्य रहने समिति निर्माण गरि जिम्मेवारी प्रदान गर्ने युनियन कास्कीका सचिव सुमन शर्माले जानकारी गरेका छन्।