काठमाडौँ । नेकपा माओवादी संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’ चयन भएका छन् ।माओवादी संसदीय दलको बिहीबार बसेको बैठकले प्रचण्डलाई निर्विरोध संसदीय दलको नेतामा चयन गरेको हो ।
पाटी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको पदाधिकारी बैठकले उनलाई दलको नेता बनाउने निर्णय गरेको थियो । त्यस्तै राष्ट्रियसभाको दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन भएका छन् । माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहणपछि संसदीय दलको नेता चयन गरेको हो ।
बिहीबार दिउँसो १ बजे प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।