Latest
अर्को
Prev

नारायणगढ-मुग्लिन सडक दैनिक ४ घण्टा बन्द हुने

सेयर गर्नुहोस


काठमाडौँ । नारायणगढ-मुग्लिन सडक मंगलबारदेखि दैनिक चार घण्टा बन्द गरिँदै छ। कठिन किसिमको भौगोलिक बनावट रहेका केही क्षेत्रमा पुल निर्माणका लागि पहरो फोर्नुपरेकाले सडक बन्द गर्न लागिएको नारायणगढ-मुग्लिन सडक आयोजनाका प्रमुख किरण कार्कीले बताए। 


कडा चट्टानसहितको पहाड फोरेर पुल निर्माण गर्नुपर्ने भएकाले सुरक्षालाई मध्यनजर गरेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गर्नुपरेको उनले बताए।कार्कीका अनुसार उक्त सडकका तुइन खोला, चिसेन्जी खोला, कालीखोला र सिमलताल खोलामा पुल निर्माण गर्न भौगोलिक अवस्थाका कारण कठिन भइरहेको छ। 


उपल्लो भागबाट पहरो फोर्दा ठाडो भिरको तल रहेको सडक असुरक्षित हुने भएकाले यातायात रोक्नुपरेको उनले बताए।कार्कीले चिसेन्जीको नारायणगढतर्फको पहाड फोर्नुपर्ने, कालीखोला र सिमलतालको पनि केही पहरो फोर्नुपर्ने बताए।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist