तनहुँ २९ मसिर ।
जिल्लाको म्याग्दे गाउँपालिका-६ अकलामा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । विहिवार म्याग्दे गाउँपालिका– ६ अकला स्थित पृथ्बी राजमार्ग सडक खण्डमा नारायणघाट बाट बाग्लुङ तर्फ जादै गरेको ग १ ख ५५२५ न को बस आफै अनियन्त्रित भई सडकको नालीमा पल्टिई दुर्घटना हुँदा बसमा सवार यात्रुहरु मध्ये चालक नर बहादुर लामा सहित सवार १८ जना व्यक्तीहरु घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवराज खड्काले जानकारी दिए ।
‘दुर्घटनामा घाईते भएकाहरुको जि.पी. कोईराला राष्टिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा उपचार भईरहेको छ ।