२० मसिर ।
व्यास नगरपालिका– ५ पाटन स्थित मादी किनारामा तटबन्ध लगाउन थालिएको छ । गत भदौ महिनामा अत्यधिक वर्षा भएपछि मादीमा बाढी आएको थियो । त्यतिखेर आएको बाढीले कटान गरी क्षति बनाएको ठाउँमा ग्याबिन पर्खाल लगाएर बस्ती सुरक्षा गर्ने काम शुरु गरिएको हो ।
पाटनका करिब छ सय भन्दा बढी घरधुरी नदी कटानको जोखिममा परेपछि त्यस क्षेत्रको संरक्षणको लागि ग्याबिन लगाएर पर्खाल निर्माण गर्न लागिएको हो ।
व्यास नगरपालिकाको पहलमा गण्डकी प्रदेश सरकारको दुई करोड पचास लाखको लागतमा ग्याबिन वाल लगाउन थालिएको मादी तटबन्धन निर्माण समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए । अहिले मादी किनारामा क्षति पुगेको ठाउँमा ग्याविन लगाएर वस्ती सुरक्षित गर्न लागिएको हो ।
मादीले करिब तीस मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि उच्च जोखिममा परेको थिएाे ।उक्त क्षेत्रका सोमबार व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले निरिक्षण गरेका छन् । उनले जोखिममा परेका वस्तीलाई संरक्षण गर्ने बताए ।