काठमाडौँ, । दक्षिण कोरिया फिफा विश्वकप २०२२ को अन्तिम १६ मा पुगेको छ।शुक्रबार राति समूह ‘एच’ को आफ्नो अन्तिम खेलमा पोर्चुगलमाथि २-१ गोलको सनसनीपूर्ण जित निकाल्दै दक्षिण कोरिया अन्तिम १६ मा पुगेको हो।
कोरियाले पोर्चुगलविरुद्ध एक गोलले पछि पारेको अवस्था उल्टाएको हो। खेलको पाँचौ मिनेटमा रिकार्डोको गोलबाट पोर्चुगलले अग्रता लियो। २७ मिनेटमा कोरियाका लागि योङ्गवानले बराबरी गोल गरे।दोस्रो हाफको इन्जुरी टाइमको पहिलो मिनेटमा ह्वाङ हिचेनले गोल गर्दा कोरियाले रोमाञ्चक जित निकाल्यो।
जितसँगै समूहमा चार अंक जोडेको दक्षिण कोरिया समूह उपविजेता बन्यो।अघिल्ला दुई खेलमा जित निकालेर अन्तिम १६ मा पुगेको पोर्चुगल विजेता बन्यो।