१३ मसिर
स्याङ्जा २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । निकटतम प्रतिद्वन्द्वी एमाले उम्मेदवार पद्माकुमारी अर्यालभन्दा गुरुङ दुई हजार चार सय १८ मतले अगाडि छन् ।
कांग्रेस उम्मेदवार गुरुङले ११ हजार नौ सय २० मत प्राप्त गर्दा एमालेकी अर्यालले ९ हजार पाँच सय दुई मत ल्याएकी छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले ५ हजार एक सय ९२ मत प्राप्त गरेका छन् ।
कुल ७० हजार एक सय ९१ मत खसेको क्षेत्र नं २ मा हालसम्म २८ हजार पाँच सय ८३ मत गणना भएको छ ।
प्रदेशसभा सदस्यमा भोजराज अर्याल विजयी
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ नेपाली कांग्रेसका भोजराज अर्याल प्रदेशसभा सदस्यमा विजयी भएका छन् । अर्यालले आफ्ना निकटम प्रतिस्पर्धी एमालेका मोहनप्रसाद रेग्मीलाई पराजित गरेका हुन् । अर्यालले १५ हजार १६१ तथा रेग्मीले १२ हजार ४३१ मत पाएका छन् ।