काठमाडौँ । सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन्।
उनले एमालेका केन्द्रीय सदस्य जगदीश कुसियतलाई ११२ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। कार्कीले ३० हजार ४८३ मत प्राप्त गरे। उनका निकटतम् प्रतिद्वन्द्वी कुसियतले ३० हजार ३७१ मत पाए।