काठमाडौँ, १४ मंसिर ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट झिनो मतले अगाडि छन् । उनलाई एमालेका जगदीश कुसियैतले पछ्याइरहेका छन् । सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्की कुसियैतभन्दा ५८ मतले अगाडि छन् । कार्कीले २७ हजार ४४० र कुसियैतले २७ हजार ३८२ मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कुसियैतलाई पछाडि पार्दै कार्की विजयी भएका थिए । तर, यसपटक माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि कार्की र कुसियैत विच कडा टक्कर रहेकाे छ । करिव अब चार हजार मत गन्न बाँकी छ । त्यसैले अहिले नै कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ ।