तनहुँ क्षेत्र नम्बर १ को प्रदेश सभा २ मा नेकपा माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका हरिबहादुर चुमान विजय भएका छन् । उनले नेकपा एमालेका पूर्णबहादुर गुरूङलाई २ हजार ७६८ मतान्तरमा जित निकालेका हुन् ।
कुल ३० हजार ३८९ मत गणना गर्दा माओवादीका चुमानले १३ हजार २७१ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गुरूङले १० हजार ५०३ मत प्राप्त गरेका थिए । चुमान २०७४ को चुनाबमा सोहि क्षेत्रबाट निर्वाचित भएका थिए ।
चुमान गण्डकी प्रदेशमा माओबादीका तर्फबाट मुख्यमन्त्रीका दाबेदार नेता हुन् । पृथ्बीसुब्बा गुरुङको मन्त्रीमण्डलमा गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कुशलतापुर्वक सम्हालेका चुमान परिपक्क र बिकासप्रेमी नेताको रुपमा चिनिन्छन ।
नेकपा माओबादी केन्द्रकि स्थाई समिति सदस्य समेत रहेकी अमृता थापामगर स्याङ्गजा १ (१) बाट पराजित भैसकेकी छन् । थापा पराजित भएपछी पोलिटब्युरो सदस्य चुमान माओबादीबाट गण्डकी प्रदेश सभामा जित्ने सबैभन्दा उच्च तहका नेता हुन् । माओबादीको गण्डकी प्रदेश सभाको संसदीय दलको नेता चुमान नै हुने कुरामा दुईमत छैन, एसो हुँदा गण्डकी प्रदेश सरकारको नेतृत्व माओबादीको भागमा परेको खण्डमा चुमान नै मुख्यमन्त्री बन्ने लगभग पक्कापक्की छ। तनहुँको डुम्रेमा भएको चुनाबी सभामा चुमानलाई मुख्यमन्त्री बनाउने संकेत माओबादी अध्यक्ष प्रचण्डले गरेका थिए ।