आइतवार सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फ नेपाली कांग्रेसले अग्रता लिएको छ । ६ हजार ४ सय ३४ मतका साथ नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ भने ५ हजार ३ सय २० मतका साथ नेकपा एमालेका दोस्रो स्थानमा छ ।
घण्टी चुनाव चिन्ह रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिकर्तफको प्रारम्भिक मतगणनामा तेस्रो स्थानमा देखिएको छ । निर्वाचन आयोगले पछिल्लोपटक जारी गरेको मत विवरणमा ४ हजार १ सय ९३ मतका साथ तेस्रो स्थानमा देखिएको हो । २०७४ सालको आमनिर्वाचनम एमाले पहिलो र कांग्रेस दोस्रो स्थानमा रहेको थियो । नेकपा माओवादी केन्द्र २ हजार १ सय ४० मतका साथ चौथो स्थानमा धकेलिएको छ । राप्रपा पाचाै स्थानमा उक्लिएको छ। उसले १५८९ मत पाएको छ ।