Latest
अर्को
Prev

प्रधानमन्त्रीका लागि उमेदवार बनेको हुँः बरिष्ठ नेता पौडेल

सेयर गर्नुहोस


१ मसिर ।
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ–१ बाट प्रतिनिधि सभाका उमेदवार रामचन्द्र पौडेलले आफू प्रधानमन्त्री बन्नको लागि उम्मेदवार बनेको बताएका छन् । बुधबार व्यास नगरपालिका–४ बागबजारमा आयोजित चुनावी कार्याक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले सरकारको नेतृत्व गर्न अत्यधिक मत दिएर विजयी गराउन आम मतदातासँग आग्रह गरे ।


तनहुँको क्षेत्र नम्वर– १ बाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा एमालेका एक बहादुर राना र स्वतन्त्रबाट उठेका गोविन्दराज जोशी बीच त्रीपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।


गठबन्धनको सुत्रधार म नै हुँ, गठबन्धनकै कमाण्डर मलाई नै बनाईएको छ मलाई प्रधानमन्त्री बनाउन सबैलाई मान्य हुन्छ’ उनले भने । कार्यकारी पदमा पुगेर जनताको सेवा गर्न उम्मेदवार बनेको नेता पौडेलको भनाई थियो  । तनहुँ जिल्लाले नेपालकै नेतृत्व दिने हैसियत बनाएको पौडेलको भनाई थियो ।


‘यो हैसियत तपाईहरु जस्तै उत्साहित मतदाताहरुको आशिर्वादले प्रेरणा र सहयोगले हैसियत निर्माण भएको हो, पौडेलले भने । देशमा सूशासनको खाँचो रहेको र त्यसलाई कायम गर्ने नैतिक सामर्थ आफूसँग भएको पौडेलले बताए ।


पाैडेलकाे निर्वाचन क्षाेत्र तनहुँ १ मा चुनावी अंकगणित


देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका र व्यासका १२ वटा वडा तनहुँ क्षेत्र नम्बर १ मा पर्छ । यो क्षेत्रको ४२ वडामा गत स्थानीय निर्वाचनमा एमालेभन्दा कांग्रेस एक्लै पनि १२ हजार बढी मतले अगाडि छ ।


एमालेका वडाध्यक्षका उम्मेदवारले २० हजार ८७९ मत पाएका थिए । कांग्रेसले ३३ हजार १०६ मत प्राप्त गर्दा गठबन्धनमा आबद्ध दल नेकपा माओवादीले ८ हजार १२४ र एकीकृत समाजवादीले ८९२ मत ल्याएको थियो । यी तीन दलले पाएको मत ४३ हजार ७५२ छ । वडामा गठबन्धन र एमालेबीचको मतान्तर झन्डै २३ हजार बढी छ । राप्रपाका उम्मेद्वारले एक हजार ६३० र स्वतन्त्र उम्मेदवारले तीन हजार ९९२ मत पाएका थिए ।


स्थानीय तहमा कांग्रेसले पाएको मत मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको पोल्टामा पर्ने हो भने उनको सहजै जीत हुने देखिन्छ । तर, पौडेल ढुक्क भएर बस्ने भने अवस्था छैन ।


नेपाली कांग्रेसका महासमिति सदस्य पूर्णबहादुर गुरुङले हालै कांग्रेस परित्याग गर्दै एमालेमा प्रवेश गरेर तनहुँ १ (ख) को उम्मेद्वार बनेका छन् । उनले पनि कांग्रेस विशेष गरी जनजाती समुदायको भोट काट्ने सम्भावना बलियो छ ।


एक पटक जसरी पनि देशको प्रधानमन्त्री बन्ने उदेश्य बोकेर लगभग अन्तीम चुनावी मैदानमा होमिएका पौडेलले यसपटक तनहुँ क्षेत्र नम्बर १ का जनतालाई पनि त्यही सपना देखाइरहेका छन् । गठबन्धनको मत स्वभाविक हिसाबले एमालेको भन्दा धेरै अगाडि भएकाले पौडेलको जीत हुने आंकलन गरिएको छ भने जोशीको मत एमालेलाई नगइ आफैंलाई जाँदा पौडेललाई नै फाइदा हुने तनहुँ काग्रेसका सचिव लक्ष्मीभक्त खनालकाे आँकलन छ ।


गठबन्धन बलियो भएकाले पौडेललाई चुनाव जित्न सहज


स्थानीय तहको तथ्यांक हेर्दा पौडेललाई निर्वाचन जित्न सहज देखिएको छ । स्थानीय तहको निर्वाचनमा धेरै पालिकामा कांग्रेका मेयरका उमेदवार विजयी भएकाले पौडेललाई चुनाव जित्न सहज भएको जिल्ला सचिव खनालले बताए ।


‘यो क्षेत्रमा पाँच वटा पालिका पर्छ । त्यसमा कांग्रेसले तीनवटा पालिका जितेको छ भने एउटामा माओवादीले जितेको छ । त्यो नतिजा हेर्दा पनि गठबन्धन बलियो देखिन्छ । त्यसैले पौडेललाई चुनाव जित्न सहज छ,’ उनले भने ।



गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतलाई आधार बनाउँदा गठबन्धन दल २१ हजार नौसय ४२ मतले अगाडी देखिएको छ । गत निर्वाचनमा  कांग्रेसका वडाध्यक्षले ३५ हजार तीन सय ४२, माओवादीले दश हजार चार सय ९७, एकीकृत समाजवादीले नौ सय एघार मत प्राप्त गरेको थियो ।


एकीकृत समाजवादीको सबै पालिकामा उम्मेदवारी नदिएका कारण मत पनि कम आएको हो । त्यस्तै नेकपा एमालेले २४ हजार आठ सय आठ मत ल्याएको थियो भने राप्रपाले दुई हजार ३० मत प्राप्त गरेको थियो । स्वतन्त्र र अन्य साना दलले पनि केही मत प्राप्त गरेका थिए । यही वडाध्यक्षले पाएको मतलाई आधार मान्दा गठबन्धन दल धेरै मतले अगाडी छ । यही कारण पनि बरिष्ठ नेता पौडेल जित निकाल्ने सम्भावन रहेकाे छ ।





 


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist