रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी
  Latest
अर्को
Prev

रवि लामिछानेको उम्मेदवारी खारेजी माग गर्दै आयोगमा उजुरी

सेयर गर्नुहोस

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।


चितवन-२ का प्रतिनिधि सभा सदस्य उम्मेदवार लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेको भन्दै उम्मेदवारी खारेज गर्नुपर्ने माग गर्दै राजकुमार पाण्डेले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएको निर्वाचन आयोगले जानेको छ ।


कानूनी व्यवस्था अनुसार चितवन-२ को निर्वाचन अधिकृतको कार्यालयमा उक्त उजुरीबारे जानकारी गराएको आयोगले जनाएको छ । निर्वाचन अधिकृतले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा पठाइसकेपछि थप प्रक्रिया अघि बढ्ने आयोगले जनाएको छ ।


लामिछानेविरुद्धको उजुरीबारे आयोगले भनेको छ,…आज पनि राजकुमार पाण्डेले प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनका उम्मेदवार रवि लामिछानेले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहने हुँदा उहाँले त्यो नागरिकता त्याग्नुभएको छैन । उहाँको उम्मेदवारी खारेज गरिपाउँ भनेर उजुरी प्राप्त भएकोमा हामीले कानुनी व्यवस्था अनुसार उक्त उजुरीमा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ चितवनको निर्वाचन क्षेत्रलाई पत्राचार गरेका छौँ । त्यसपछि उहाँले सम्बन्धित व्यक्तिबाट स्पष्टीकरण प्राप्त गरेर आयोगमा आइसकेपछि थप प्रक्रिया अघि बढ्छ ।’


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist