पोखरा, २९ कार्तिक
पार्टीका उमेद्वारलाई हराउन भूमिका खेलेको आरोपमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कुमार खड्का बर्खास्त भएका छन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उनलाई बर्खास्त गरेका हुन् ।
कास्की-२ को प्रदेश सभा २ मा टिकटको आकांक्षी रहेका खड्काले टिकट नपाएपछि कास्की २ (ख) बाट उमेद्वार बनेका विन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोप छ । यो क्षेत्रमा कांग्रेसबाट कानुनमन्त्रीसमेत रहेका विन्दुकुमार थापा उम्मेदवार छन् । खड्काले थापालाई हराउन लागेको आरोप लागेको छ ।
