Latest
अर्को
Prev

गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि : अध्यक्ष दाहाल

सेयर गर्नुहोस

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको एक मात्र एजेण्डा सुशासन, विकास र समृद्धि रहेको बताउनुभएको छ । बहुमतले गठबन्धनलाई जिताउँदा प्रदेशदेखि सङ्घसम्म गठबन्धनकै बलियो सरकार रहने उहाँको विश्वास थियो ।


लोकतान्त्रिक–वाम गठबन्धन लमजुङद्वारा राइनास नगरपालिका–४ सातविसे बजारमा आज आयोजित कोणसभामा उहाँले भन्नुभयो, “राजनीति स्थायित्व अहिले गठबन्धनले विजयी हासिल गर्छ, सबैतिर गठबन्धनको पक्षमा लहर आउँदै छ ।” गठबन्धनले जितिसकेपछि विकास निर्माण र समृद्धिमा सम्पूर्ण तागत विकास, सुशासन, र समृद्धिमा लगाउने एक सुत्रे नारा बनाएको अध्यक्ष दाहालको भनाइ छ ।


उहाँले भन्नुभयो, “निर्वाचन आउँछ जान्छ, लोकतन्त्रमा सामान्य प्रक्रिया हो तर, यसपटकको भने सामान्य निर्वाचन जस्तो नभई यो देशलाई अघि बढाउने, शान्ति प्रक्रिया टुङ्गाउने, जनताको अधिकारलाई अझै परिमार्जन, सुनिश्चित गर्ने वा यो देशलाई पछि धकल्ने, निरङ्कुशतातिर लैजाने, अध्यारोतिर लैजाने दुई गठबन्धनबीच प्रतिस्पर्धा हो ।”


शान्ति प्रक्रियामा नेपाली कांग्रेस र माओवादीले महत्वपूर्ण योगदान गरेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जुन दिन गिरिजाप्रसाद कोइरालाले र आफूले हस्ताक्षर गरेर विस्तृत शान्ति सम्झौता भयो, यहीँ दिनमा मैले कांग्रेसको रुख चिह्नमा छाप लगाएको र गिरिजाले हसिया हटौँडामा छाप लगाएको हो ।” उहाँले गोरखा, तनहुँ लमजुङकै गठबन्धनका उम्मेदवार वरिपरि नै सरकारको नेतृत्व गर्ने सम्भावना रहेको बताउँदै गठबन्धनलाई जिताउनुपर्ने बताउनुभयो ।


चेपे, दोर्दी, मस्र्याङ्दी, मदिम र माडि कोरिडोरले लमजुङका जनताको आयस्तरमा ठूलो वृद्धि गर्ने बताउँदै अध्यक्ष दहालले डुम्रे बेँसीसहर हुँदै मनाङ जाने सडक र मध्यपहाडी लोकमार्ग समयमै कालोपत्रे गर्न पहल गर्ने आश्वासन दिनुभयो ।


कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल गठबन्धन गर्नु मुलुकको आवश्यकता रहेको बताउँदै गठबन्धनको कार्यकर्ता सबैले एक अर्का उम्मेदवारलाई मत हाल्दै जिताउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “माओवादीका कार्यकर्ताले रुख चिह्न हाम्रै हो र कांग्रेसका कार्यकर्ताले गोलाकारिभित्रको हासीया हटौँडा हाम्रै चिह्न हो भनेर भोट हाल्न आग्रह गर्नुभयो ।


राजनीतिक परिवतर्नले दलित जनजाति, उत्पिडित समुदाय, महिला लगायतको अधिकार र गाउँगाउँमा सिंहदरबार आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अब राजनीति प्रयोग पटकपटक देशले धान्न सक्दैन, जुन संविधान, परिवर्तन ल्यायौँ, अब यसलाई नै दीगो बनाएर कार्यान्वयन गर्दै यो मुलुकलाई अग्रगामी बनाएर विकासको ढोका खोल्नुपर्छ । अब आर्थिक क्रान्ति गर्न जरुरी रहेको छ ।”


माओवादी केन्द्रका महासचिव तथा लमजुङ प्रतिनिधसभाका उम्मेदवार देवप्रसाद गुरुङले आफू र गठबन्धनले जितेमा मात्र जिल्लामा विकासको लहर आउने बताउनुभयो । आफू सधैँ यही जिल्लाको विकासको लागि पनि राजनीति गर्दै आफूले सकेको सहयोग गर्दै आएको उहाँको भनाइ छ ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist