Latest
अर्को
Prev

टी-ट्वान्टी विश्वकप : इंग्ल्यान्ड फाइनलमा, भारतको लज्जास्पद हार

सेयर गर्नुहोस

इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौँ संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ ।


एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो ।


अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाइसकेको छ ।  फाइनल खेल आइतबार हुनेछ ।


भारतले दिएको १ सय सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले १६ ओभरमा बिना विकेटको क्षतिमा १ सय ७० रन बनाउँदै पूरा गर्‍यो । इंग्ल्यान्डको जितमा ओपनरद्वय  जोस बट्लर र एलेक्स हालेसले १ सय ७० रनको कीर्तिमानी साझेदारी गरे ।


अर्धशतकीय इनिङ खेलेका एलेक्स ८६ रनमा अविजित रहे । कप्तान बल्टर अर्धशतकीय इनिङ खेल्दै ८० रनमा अविजित रहे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो ।


भारतका लागि हार्दिक पाण्डेयले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले ।  यस्तै विराट कोहलीले ५० रनको अर्धशतकीय इनिङ खेले । कप्तान रोहित शर्माले २७ रन जोड्दा सूर्यकुमार यादव १४ रनमा आउट भए । त्यस्तै ऋषव पन्त ६ र केएल राहुल ५ रनमा आउट भए । 


इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र आदील राशिदले १र१ विकेट लिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist