२३ कात्तिक ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले) तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार किरण गुरुङले एमालेले विकास निर्माणमा महत्वपुर्ण भुमिका खेलेको वताएका छन् ।
के पी अाेलीकाे सरकार वनेपछि देशमा उल्लेख्य विकास निर्माणको गति अगाडि वढेको तर परमादेशको सरकार आएपछि राष्ट्रिय गौरवको योजनामा समेत विकास वजेट काटेको उनले टिप्पणी गरे । चुनावी दौरानमा रिसिङमा आयोजित भेलामा गुरुङले सो कुरा वताएका हुन् ।
गण्डकी प्रदेशको अर्थमन्त्री भएर तनहुँमा उल्लेख्य मात्रामा विकास निर्माण, पुल पुृलेसा, खानेपानी र पर्यटनका क्षेत्रमा वजेट विनियोजन गरेको उनको भनाइ थियो ।
जनताको जुन आशा र विश्वास थियो, त्यसमा ठेस पुरयाउने कुनै काम गरेको छैन । जनताको विश्वास नै आफनो सम्पति भएको हुदाँ अव पुन नेकपा (एमाले) लाई वहुमत दिलाएर सुखी नेपाली समृद्ध नेपाल वनाउने काममा भुमिका खेल्न समेत उनले मतदातासमक्ष आग्रह गरेका थिए ।
चुनावी अभियानका क्रममा प्रतिनिधिसभाका उम्मेदवार किरण गुरुङ र प्रदेशसभाका उम्मेदवार केदार सिग्देल रिसिङ गाँउपालिकाको मधुवनटार, पिपलटार, राम्जाकोट, गोठादी, सपाङदी र घिरिङको वनडाँडामा घरदैलो कार्यक्रममा सहभागी भएका थिए ।