
काठमाडौँ । डोटी केन्द्रबिन्दु भएर मंगलबार राति ९ बजेर ७ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको छ । सो भूकम्पको धक्का सुदूरपश्चिम र कणालीका विभिन्न जिल्लामा समेत महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले डोटीको खप्तड राष्ट्रिय निकुञ्ज आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताए । भूकम्पबाट भएको क्षतिबारे हालसम्म कुनै विवरण अाएकाे छैन । भूकम्प भारतका विभिन्न भागमा समेत महसुस भएको बताइएको छ ।