
२१कार्तिक,
महालक्ष्मी लाईफ इन्स्योरेन्सले लिमिटेडले विभिन्न शाखा तथा उपशाखामा कार्यरत प्रमुखहरुका लागि आयोजित सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम शुक्रवार चितवनमा सम्पन्न गरेको छ।
तालीममा विभिन्न ३४ शाखा र उपशाखामा कार्यरत ३४ जना प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा प्रशिक्षणा गराइएकाे थियो ।
गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी गराइएको थियो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले कार्यक्रमको महत्व तथा प्रभावकारीताको बारेमा प्रकाश पार्नु भएको थियो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले सम्पत्ति शुद्धिकरणको प्रक्रिया र औचित्य बारेमा प्रष्ट पार्नु भएकाे थियो ।
कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा प्रशिक्षण दिदै कालोधन वीमा क्षेत्रमा आउन सक्ने संभावनाका वारेमा जानकारी गराउननु भएको थियो। कार्यक्रममा कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमलाको समेत उपस्थिती रहेको थियो।