Latest
अर्को
Prev

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार

सेयर गर्नुहोस

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते हुनुभएको छ । 


उहाँको खुट्टामा गोली लागेको बताइएको छ । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा पूर्व प्रधानमन्त्री खानमाथि गोलीप्रहार भएको हो ।


गोली चलेपछि मार्चका क्रममा भाग दौड मच्चिएको थियो । कन्टेनरमा सवार पीटीआईका नेतासहित सबै आत्तिएका थिए । एआरवाई न्युजका अनुसार गोली चल्दा प्रदर्शन जफराली खान चोक नजिकै पुगेको थियो । 


पूर्व प्रधानमन्त्री खानको लङ मार्च कन्टेनर नजिकै गोली चल्दा उहाँसहित अन्य पाँच जना घाइते भएको स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले गोली काण्डमा पाँच जना घाइते भएको जानकारी दिएका छन् । 


गोली लागेर घाइते भएकाहरूलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । एआरवाई न्युजले स्रोतलाई उद्धृत गर्दै आक्रमणमा संलग्न आरोपित एक जनाको मृत्यु भएको छ भने एक जनालाई हिरासतमा लिइएको जनाएको छ ।


घाइते पूर्व प्रधानमन्त्रीसहित सबैको अवस्था खतरामुक्त रहेको बताइएको छ । 


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist