Latest
अर्को
Prev

यू-१५ महिला साफ च्याम्पियनसिप: भुटानको पोस्टमा नेपालको ७ गोल

सेयर गर्नुहोस

पन्ध्र वर्षमुनि (यु–१५) महिला साफ च्याम्पियनसीप फुटबलमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।


बङ्गलादेशको ढाकामा आज भएको खेलमा भुटानलाई ७–० गोलअन्तरले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । नेपालले खेलको पहिलो हाफमा चार गोल गर्‍यो भने खेलको दोस्रो हाफमा तीन गोल थप्यो ।


नेपालको जितमा वर्षा ओलीले चार गोल गरिन् भने सुक्रिया मियाँले दुई तथा सेनु परियारले एक गोल गरिन् । वर्षाले खेल सुरुवाती मिनेटमा पहिलो गोल गर्दै नेपालको खाता खोलिन् । त्यस्तै उनले खेलको १७औँ मिनेटमा दोस्रो गोल गरिन् भने खेलको ३४औँ मिनेटमा ह्याट्रिक पूरा गरिन् । त्यसैगरी उनले खेलको ३५औँ मिनेटमा थप एक गोल गरिन् ।


नेपालकी अर्की खेलाडी सुक्रियाले खेलको ६५औँ मिनेटमा गोल गरिन् भने उनले खेलको ७२औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् । त्यसैगरी नेपालकी अर्की खेलाडी सेनु परियारले खेलको ८५औँ मिनेटमा एक गोल गर्दै नेपाललाई ७–० गोलको जित दिलाइन् ।


यसअघि भएको उद्घाटन खेलमा बङ्गलादेशले भुटानलाई ८–० गोलअन्तरले हराएको थियो । प्रतियोगितामा बङ्गलादेशसँगै नेपाल र भुटानको सहभागिता रहेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही कात्तिक १८ गते बङ्गलादेशसँग खेल्नेछ । डबल राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist