बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसंग भिड्दैछ ।
उपाधी जित्ने लक्ष्य सहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो ।
डवल राउन्ड रोबिन आधारमा जारी प्रतियोगितामा तीन टोलीको सहभागीता रहेको छ । शीर्ष टोलीले उपाधी जित्नेछ ।
नेपाल र भुटानबीचको खेल ढाकाको बीएसएसएसएमके स्टेडियममा नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।