Latest
अर्को
Prev

तनहुँमा नरभक्षी चितुवालाई गोलि हान्ने आदेश

सेयर गर्नुहोस

१६ कात्तिक ।


तनहुँमा धेरैको ज्यान लिएको चितुवालाई मार्नको लागी जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्ला प्रहरी कार्यालयलाई बुधबार आदेश दिएको छ । ब्यास नगरपालिका १२ छिर्केनेमा चितुवाको आक्रमणबाट मंगलवार साँझ एक बालकको मृत्यु भएको थियो ।


मगलवार साँझ ६.३० बजेको समयमा राजु कुँवरका ८ वर्षीय छोरा अभिनव कुँवरलाई चितुवाले आक्रमण गर्दा उनको मृत्यु भएको हो ।


जिल्लाका बन्दीपुर,ब्यास र भानुमा चितुवाले पटक पटक आक्रमण गर्ने गरेको छ । गत एक बर्षमा मात्रै चितुवाको आक्रमणबाट तनहुँमा ५ जनाको ज्यान गएको छ भने आठ जना सख्त घाईते बनेका छन् ।


चितुवाको आक्रमणबाट कार्तिक महिनामा मात्रै दुई बालबालिकाले ज्यान गुमाईसकेका छन् । यसरी मानिस र घरेलु पशु चाैपया माथी निरन्तर अाक्रमण गरिरहने भएकाले त्रसदी पुर्ण वातवरणकाे अन्त गरी जिउ धनकाे सुरक्षाकाे लागि स्थानिय प्रशासन ऐन २०२८ को दफा ९ (४) वमाेजिम नरभक्षी चितुवा मरी डिभिजन वन कार्यालयमा तनहुँमा वुझाउन प्रशासन कार्यालयले प्रहरी कार्यालयलाई अनुरोध समेत गरेकाे छ ।


चितुवाको आक्रमणलाई रोक्न स्थानीय प्रशासन र जिल्ला बन कार्यालयको सहकार्यमा ठाउँ ठाउँमा खोर राख्ने काम भएतापनी सो खोरमा चितुवा पर्ने गरेको छैन ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist