काठमाडौँ । नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले विजयकुमार गच्छदारलाई टिकट दिएकामा कुनै ग्लानि नरहेको बताएका छन् ।नेकपा एमाले नेतृत्वको सरकारले प्रतिशोध साँध्नमात्र गच्छदारमाथि भ्रष्ट्राचार मुद्दा लगाएको भन्दै परियारले अदालतले निर्दोष साबित गर्न सक्ने बताए ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन भौतिक पूर्वाधारमन्त्री गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गच्छदारलाई धरौटीमा छाडेको थियो ।
सहमहामन्त्री परियारले नेता गच्छदारले बालुवाटार जग्गा प्रकरणमा मन्त्रिपरिषदमा प्रस्ताव पेस मात्र गरेकाले निर्दोष रहेको दाबी गरे ।
गच्छदारमाथि विशेष अदालतमा मुद्दा विचाराधीन भए पनि दोषी प्रमाणित नभएको भन्दै सहमहामन्त्री परियारले उनलाई अदालतले निर्दोष ठहर गर्न सक्ने बताए ।