Latest
अर्को
Prev

समृद्ध कास्की बनाउने लक्ष्य छ जिम्वेवारी दिनुस ः लामिछाने

सेयर गर्नुहोस


कास्की निर्वाचन क्षेत्र नं २ ‘क’मा सत्ता गठबन्धनका उम्मेदवार विश्वप्रकाश लामिछानेले समृद्ध कास्की बनाउने योजना आफूसित भएको भन्दै मसिर ४ गते मत दिन आग्रह गरेका छन् ।


विगत आफूले पाएका जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेको उल्लेख गर्दै उनले विकास, निर्माणको अगुवाइ गर्न सक्ने र योजना कार्यान्वयन गर्ने स्थानमा पुर्याउनका लागि पनि मत दिन आग्रह गरे


पोखरा २१ मा ५ दलीय गठबन्धनको प्रदेश सभा र प्रतिनिधि सभाका उम्मेदवारको सम्पर्क कार्यालय स्थापना गर्दे पोखराका ग्रामिण क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने जनाए ।


गठबन्धनको तर्फबाट कास्की क्षेत्र नं २ मा उम्मदेवारी दिएका एकिकृत समाजवादीका श्रीनाथ बरालले जितेपछि सधै मतदाताको शिर उच्च राख्ने गरी काम गर्ने प्रतिवद्धता गरे। पोखरा २१ को खानेपानीको समस्या समाधान गर्ने र टोल टोलमा विकासको योजना ल्याउने उनले प्रतिवद्धता गरे ।


एकिकृत समाजवादीका स्थायी कमिटी सदस्य तुलबहादुर गुरुङ्ले गठबन्धनका उम्मेदवारले जनताको भावना बुझेर काम गर्ने बताए ।


काँग्रेस कास्की २ कका सभापति दिनेश आचार्यले देशमा बौद्धिक पलायनको समस्या रहेको भन्दै शिक्षामा उचित योजनाको खाँचो रहेको औंल्याए । नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार वृन्दा रानाले मुलुकका समस्या बुझेर अवस्था अनुसार गठबन्धनले काम गर्ने बताइन् ।


माओवादी केन्द्रका कास्की इन्चार्ज राजकाजी गुरुङ करणले विगतमा काम गरेको हेरेर पनि लामिछानेलाइ जिताउनु पर्ने बताए । विगतमा केही नेताले गठबन्धनको दुरुपयोग गरेका कारण गठबन्धन टुटफुट भएको उनको भनाइ छ ।


नेपाल समाजवादी पार्टी गण्डकी अध्यक्ष किरण थापा, एकिकृत समाजवादीका जिल्ला सल्लाहाकार पूर्णबहादुर थापा, नेपाली काग्रेस क्षेत्र नं २ का सदस्य दुर्गा थापा, माओवादी केन्द्र २१ महिला संघ संयोजक देवी अधिकारी, पुर्णदीप सिग्देल, नेपाली काँग्रेस २१ इकाइ सभापती केवल गिरी लगायतले कार्यक्रममा बोलेका थिए ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist