Latest
अर्को
Prev

३७१ पदक सहित आर्मीलाइ ९ नवौँ राष्ट्रिय खेलकुदको ट्रफी

सेयर गर्नुहोस


पाेखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब कुल ३७१ पदकका साथ नवौँ राष्ट्रिय खेलकुद २०७९ को च्याम्पियन बनेको छ । १७२ स्वर्ण, ११० रजत र ८९ कांस्यसहित सहभागी अन्य १० टोलीलाई पछि पादै आर्मी च्याम्पियन बनेको हो। 


च्याम्पियन बनेका आर्मीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय खेलकुदको ट्रफी हस्तान्तरण गरेका थिए। आयोजक राखेपले करिव १० लाख खर्च गरी यस वर्षदेखि ट्रफी  बनाएको हो


यसैगरि उपविजेता बनेको सशस्त्र प्रहरीको एपीएफ क्लबले ६५ स्वर्ण, ७३ रजत र ८१ कांस्य गरी कुल २१९ पदक पाएकाे छ ।


प्रतियोगितामा तीन विभागीय, सात प्रदेश र एनआरएनए गरी ११ टोली सहभागी थिए । प्रदेशतर्फ भने सहभागी सात प्रदेश मध्ये घरेलु टोली गण्डकी ३२ स्वर्ण, ३१ रजत र ५७ कांस्य गरी कुल १२० पदक प्राप्त गर्न सफल भएको छ ।


प्रतियोगितामा सहभागी कुल ३६ खेलका ३९६ विधामा पुरुष तीन हजार ४१४, महिला दुई हजार ७१३ गरी कुल ६ हजार १२७ जना खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता मा समावेश गरिएका ३६ खेलहरू गण्डकीका आठ जिल्लामा सञ्चालन गरिएको थियो । 


सहभागी खेलाडीहरूमध्ये कान्छो खेलाडीको रूपमा रितिका बुमी रहेकी थिइन । ७ वर्ष २२ दिनकी बुमी पौडी खेलाडी हुन भने सुदूरपश्चिम प्रदेशबाट सहभागी भएकी थिइन । 


यसै गरी जेठो खेलाडीको रूपमा धनबहादुर घले रहेका थिए । प्रदेश १ बाट स्क्वास खेलमा भाग लिएका घले ६१ वर्ष ४ महिनाका हुन ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist