असाेज ३१ ।
जिल्ला प्रहरी कार्यालय गोरखाले ६७ औँ प्रहरी दिवस बिभिन्न कार्यक्रम गरी मनाएको छ । प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा साेमवार एक कार्यक्रमकाे अायाेजना भएकाे थियाे ।
प्रजिअ आचार्यले गोरखा जिल्लामा प्रहरीलाई साधन श्रोत युक्त बनाउने तर्फ आफुले पहल गरिरहेको बताए । साथै उनले यसवर्ष तीनवटा प्रहरी चौकी स्थापना गर्नुका साथै स्थानीय निकायहरुको समन्वयमा प्रहरी चौकीलाई भौतिक संरचनामा सुधार गर्ने क्रम रहेको बताए ।
गोरखा प्रहरीले शान्ति, सुरक्षा, अमन, चयन गर्ने गराउने कार्यमा उत्कृष्ट भूमिका निर्वाह गरेको भनि प्रशंसा गर्दै । अपराध अनुसन्धानलाई व्यवसायिक बनाउने हेतुले प्रहरीलाई भौतिक, वैज्ञानिक तवरले साधन श्रोतयुक्त बनाउन आफू लागिपरेको उनको भनाई थियो ।
विशेष अतिथि जिल्ला न्यायाधिवक्ता श्री सुरेन्द्रराज काफ्लेले नेपाल प्रहरी अपराध अनुसन्धानतर्फ अव्वल रहेको र यसै सन्दर्भमा गोरखा प्रहरीले समेत अपराध अनुसन्धानतर्फ प्ररिणाममुखी र उल्लेख्य काम गर्दै आएको बताए ।
दिवसको अवसरमा अमर प्रहरी परिवारलाई दोसल्ला अर्पण तथा सम्मान, प्रहरीलाई सहयोग गर्ने महानुभावहरुलाई सम्मान पत्र वितरण र खेलाडीहरुलाई मेडल तथा प्रमाणपत्र र उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक प्रहरी उपरीक्षक केदार खनालको अध्यक्षतामा भएकाे कार्यक्रममा विर तथा अमर प्रहरीको बलिदानको सम्झना गर्दै आम नागरिकको सुरक्षा, कानूनको परिपालन गराउने कार्यलाई प्राथमिकता राखि अहोरात्र खटिने प्रतिबद्धता ब्यक्त गरे ।
संघ संस्था, आम नागरिकसंगको हातेमालो गर्दै शान्ति सुरक्षा अमन चयन र अपराध नियन्त्रण तथा पारदर्शी अनुसन्धान कार्यमा थप हौसला प्राप्त भएको एसपी खनालले बताए । ‘हामी बर्दीका प्रहरी हौँ भने आम नागरिक बिना बर्दीका प्रहरी हुन्, हामी समाजमा भएका हरेक नागरिकसंग हातेमालो गरी काम कारबाही गर्न चाहन्छौ, हाम्रो चाहना अपराध रहित समाजको निर्माण हो’ एसपी केदार खनालले भने ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी नानीबाबु पोख्रेल, पत्रकार महासंघका गोरखाका अध्यक्ष नरहरि सापकोटा, गोरखा उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार श्रेष्ठ, पूर्व सुरक्षाकर्मी परिषद् नेपाल गोरखाका अध्यक्ष पूर्व प्र.नि. हरिकुमार थापा, सामुदायिक सेवा केन्द्र गोरखाका उपाध्यक्ष रामहरी के.सी. र गोरखा नगरपालिका ६ नं. वडा कार्यालयका वडाध्यक्ष राजेन्द्रकुमार जोशीले शुभकामना मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा यस जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले स्वागत मन्तव्य सहित प्रहरी महानिरीक्षकको शुभकामना सन्देश वाचन गरेका थिए ।