Latest
अर्को
Prev

गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो : कांग्रेस

सेयर गर्नुहोस

३१ असाेज , काठमाडाै ।


नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनको मूल लक्ष्य संविधानको रक्षा र समृद्धि हासिल गर्नुरहेको बताउनुभएको छ । कांग्रेस केन्द्रीय कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकार गठन भएपछि संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने काम भएको बताउनुभयो ।


पाँच दलीय गठनबन्धन बनेको परिस्थितिको बारेमा जानकारी गराउँदै उहाँले सरकारले छोटो अवधिमा देशलाई कानूनी शासनमा अघि बढाउन र जनजीविकाका सवालमा पनि महत्त्वपूर्ण काम गर्न सफल भएको बताउनुभयो ।


सरकारले छोटो समयमा चुनौतीपूर्ण अवस्थामा पनि कांग्रेसको नेतृत्वमा धेरै काम गरेको उल्लेख गर्दै सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उहाँले बताउनुभयो । यसैगरी उहाँले सरकार हाल स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको उल्लेख गर्नुभयो ।


निर्वाचनमा पार्टी पूर्णरूपमा परिचालन गरिएको जानकारी गराउँदै प्रवक्ता डा महतले पाँच दलीय गठबन्धनको भावनाअनुसार सिटको बाँडफाँट गरी निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो । कांग्रेसले उदारताका साथ निर्वाचनमा भाग लिएको अवगत गराउँदै उहाँले आगामी आमनिर्वाचनमा प्रतिनिधिसभामा कांग्रेस नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सहमति गरी सिट बाँडफाँट गरेको जानकारी दिनुभयो ।


कांग्रेस ठूलो र ऐतिहासिक पार्टी भएको तथा धेरै सक्षम नेता कार्यकर्ता रहेको भए पनि गठबन्धन दलसँग चुनावी तालमेल गरेका कारण धेरै नेता कार्यकर्तालाई उम्मेदवार बनाउन नसकिएको उहाँको भनाइ थियो । प्रवक्ता डा महतले व्यक्तिगत आकाङ्क्षालाई पन्छाएर परिणाम प्राप्तिका लागि सबै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आचारसंहिता पालना गरी पार्टी प्रचारप्रसारमा जुटेको उहाँले बताउनुभयो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist