पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत सराङ्कोटमा भइरहेको प्याराग्लाइडिङ खेलाडीको खसेर मृत्यु भएको छ ।
आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो । दुर्घटनामा नेपाल आर्मीका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।गोरखा पालुङटार स्थायी घर भएका निसिम परिवारसँगै पोखराको हस्पिटल चोक बस्थे । उनका बुबा प्रकाश थापा गोरखा–२ मा पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दुर्घटनामा घाइते भएपछि उहाँलाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्याईएको थियो । उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । खेलाडीको मृत्यु भएपछि राखेपले दुख ब्यक्त गरेको छ । राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए ।
गोरखा पालुङटार स्थायी घर भएका निसिम परिवारसँगै पोखराको हस्पिटल चोक बस्थे । उनका बुबा प्रकाश थापा गोरखा–२ मा पुष्पकमल दाहाल प्रचण्डको क्षेत्रमा स्वतन्त्र उम्मेदवारीसमेत दिएर प्रचारप्रसारमा थिए ।
निसिम नेपालकै उत्कृष्ट दशभित्र पर्ने प्याराग्लाइडिङ पाइलट रहेको बताईन्छ ।पोखरामा जारि नवौं रास्ट्रीय खेलकुदको प्याराग्लाइडिङ खेलमा त्रिभुवन आर्मी, एपीएफ, गण्डकी, कर्णाली र प्रदेश नम्बर १ सहभागी छन् । तर, प्रतियोगिता अनिश्चित बनेको छ भने नागरिक उड्डयन प्राधिकरणले नेपालभर प्याराग्लाइडिङ उडानमा प्रतिबन्ध पनि लगाएको छ ।