Latest
अर्को
Prev

कास्कीमा १६ जनाको उम्मेदवारी फिर्ता

सेयर गर्नुहोस

पोखरा । आगमी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता गराएका १६ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


कास्की निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा एमालेबाट बागी उम्मेदवारी दिनुभएका एमालेका गण्डकी प्रदेश सचिवालय सदस्य जगन्नाथ बास्तोलाले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ । एमाले अध्यक्ष केपी ओलीको फोनपछि बास्तोलाले उम्मेदवारी फिर्ता लिनुभएको बताइन्छ ।यस क्षेत्रमा राप्रपा नेपालका राजाराम दाहाल र स्वतन्त्रका एमकृष्ण पौडेलले उम्मेदवारी फिर्ता लिनुभएको छ ।


निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेश क क्षेत्रबाट जसपा नेपालका जगतबहादुर गुरुङ र स्वतन्त्रबाट लीलाधर ढकाल र चन्द्रबहादुर गुरुङ एवं प्रदेश ख बाट राप्रपा नेपालकी चीना दवाडीले उम्मेदवारी फिर्ता लिनुभयो ।कास्की निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका राप्रपा नेपालका महेन्द्र खत्री र स्वतन्त्रबाट घननाथ सापकोटा र आनन्द सापकोटाले उम्मेदवारी फिर्ता लिनुभएको छ ।


निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ‘क’ बाट भरतराज तिवारी र प्रदेश ‘ख’ बाट दिलमाया मुक्तान (पहारी) ले उम्मेदवारी फिर्ता लिएको र दुवै जनाले स्वतन्त्रमा उम्मेदवारी दिएको बताइन्छ ।


निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएका राप्रपा नेपालका अजय विश्वकर्मा, क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ बाट जसपाका ईश्वरकुमार गुरुङ, राप्रपा नेपालका दीपक विश्वकर्मा र स्वतन्त्र उम्मेदवारी दिनुभएका सुन्दर बरालले आफ्नो उम्मेदवारी फिर्ता लिनुभयो ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist