Latest
अर्को
Prev

तनहुँ १ मा वरिष्ठ नेता पाैडेलले दिए उम्मेदवारी

सेयर गर्नुहोस


तनहुँ ।


तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् ।


प्रदेशसभातर्फ क मा माओवादीका हरिबहादुर चुमान र ख मा कांग्रेसका अशोक श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।


दमौलीमा मनोनयन दर्ता गर्न अघि आयोजित सभालाई सम्बोधन गर्दै नेता पौडेलले आगामी निर्वाचन प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने अभियान भएको बताए ।


उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन होइन । प्रतिगामी अधिनायकवादलाइ रोकेर देशलाई अग्रमगनलाई लैजाने कि देशलाई फेरि  प्रतिगामी र अधिनायवादी बाटोमा होम्ने भन्ने जनमत संग्रह पनि हो ।’


पौडेलले आफुहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउदै भ्रष्टचार विकृत विसंगतिलाई हटाएर आम नागरिकमा आशा संचार दिन आफूहरुले चाहेको बताए ।


पौडेलले मुलुकमा यति ठूलो परिवर्तन र यति धेरै अधिकार प्राप्त संविधान पाउँदा पनि नेपाली किन सन्तुष्ट हुन सकिरहेका छैनन् भन्ने उत्तरको खोजीमा आफू रहेको बताए ।


उनले भने, ‘जनता सन्तुष्ट हुन नसक्नुको एउटै कारण भनेको भ्रष्टचार विकृति हो । म त्यो भ्रष्टचारको उन्मुलन गरेर जनतामा आशा जगाउने छु । पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् ।


काङ्ग्रेसले तनहुँ क्षेत्र नं १ मा वरिष्ठ नेता रामचन्द्र पौडेललाई र क्षेत्र नं २ मा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री शङ्कर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेकाे छ ।


क्षेत्र नं २ का कारण उम्मेदवार चयनमा ढिलाइ भएको काङ्ग्रेस तनहुँले जनाएको छ ।


क्षेत्र नं २ प्रदेशसभातर्फ क मा माओवादीका राजेन्द्रकेशरी न्यौपाने र ख मा जितप्रकाश आलेले दर्ता गराएका छन् ।०७४ को निर्वाचनमा पौडेलले तत्कालीन नेकपा एमालेका उम्मेद्‌वार कृष्णकुमार श्रेष्ठ किसानसँग पराजित भएका थिए । भने भण्डारी नेकपा एमालेका उम्मेद्‌वार केदार सिग्देल सगँ पराजित भएका थिए ।


सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist