२२ असोज, काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रतिनिधिसभा तथा प्रदेशसभा भागबन्डा टुंगिएको छ । सत्तारुढ गठबन्धनसत्तारुढ गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा) बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रवेश पाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको गठबन्धनको बैठकले नेकपा माओवादी केन्द्रलाई ४५, एकीकृत समाजवादीलाई २० र राष्ट्रिय जनमोर्चालाई २ स्थान दिने गरी बाँडफाँट गरेको हो । बाँकी ९८ स्थानमा कांग्रेस र लोपसाबीच भागबन्डा हुनेछ ।
लोसपाले प्रतिनिधिसभाका १५ स्थानमा दाबी गरेको छ । कांग्रेस स्रोतका अनुसार गठबन्धनको नवप्रवेशी दल लोसपालाई प्रतिनिधिसभा १० स्थान र प्रदेशसभामा १९ स्थान दिन प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सकारात्मक छन् ।
हेर्नुहोस सत्तारुढ गठबन्धनबीच भएको सहमति