असाेज ११ तनहुँ ।
व्यास नगरपािलका वडा न. ९ ले गर्भवति महिलाका लागी सुरिक्षत सुत्केरी सेवा प्रदान गर्नका लागि निशुल्क रूपमा एम्बुलेन्स सेवा उपलव्ध गराउने भएकाे छ ।
सुत्केरी हुन स्वास्थ्य संस्थामा आइ सुत्केरी गराउँदा थप उपचारका लागि अन्य अस्पताल जान परेको अवस्थामा पनि नि शुल्क एम्वुलेन्स सेवा प्रदान गरिने व्यास नगरपािलका वडा न. ९ का वडा अध्यक्ष सुरेस थापाले मंगलवार एक सुचना जारी गरी वडा वासीहरूलाइ जानकारी गरेका छन्।
वडामा रहेका ३ वटा स्वास्थ्य चौकी (गजुरे स्वास्थ्य चौकी ,कात्तिकेचौर स्वास्थ्य चौकी र सतिस्वारा स्वास्थ्य चौकी)सबै बर्थिङ सेन्टर भएकाले २४ सै घण्टा दक्ष प्रसुतिकर्मीद्दारा सुत्केरी सेवा प्रदान गरिने हुँदा पायक पर्ने संस्थामा गई सेवा लिन वडा वासीलाइ अाव्हान गरेका छन् ।