पाेखरा १० असाेज ।
कर्मचारी वचत तथा ऋण सहकारी संस्थाको १५ औ. साधारण सभा शनिवार एक कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । प्रमूख अतिथि कास्कीका प्रमूख जिल्ला अधिकारी टेकवहदुर के.सीले पानासमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुृभएको थियो ।
प्रमूख अतिथी केसीले सजग भएर सहकारीलाई अगाडी वढाउनु पर्ने र लगानी कर्ता नफस्ने वातवरण वनाई लगानी सुरक्षीत हुन्छ भन्ने कुरा वचत कर्तालाई विश्वास दिलाउनु पर्ने वताउनु भयो ।
कार्यक्रममा वचत तथा ऋण सहकारीका अध्यक्ष महेश कुमार सिग्देलले सहकारीको प्रगति विवरणको वारेमा वताउनु भएको थियो भने सचिव सुरेस कुमार श्रेष्ठले सहकारीको सम्पत्ति, दायित्व र आम्दानी तथा खर्चहरुको अवस्था र २०७८।०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कुल ६४१ शेयर सदस्य रहेको वचत तथा ऋण सहकारीमा २ करोड ५५ लाख १० हजार शेयर पुँजी रहेको छ । वचत संकलन ४ करोड ७३ लाख ६० हजार पुगेको छ । सम्भावित ऋण नोक्सानी तर्फ १३ लाख ६६ हजार ४ सय ५३ देखिएको छ भने यस वर्षको खुद नाफा १६ लाख २५ हजार ८ सय ९४ भएको छ । ऋण तथा कर्जा लगानीमा ६ करोड ९३ लाख ६८ हजार आठ सय अर्थाथ गत आ.व भन्द ३९ प्रतिशतले वृद्धी भएको छ ।
कुल आम्दानी तर्फ ९५ लाख ५७ हजार छ भने व्याय तर्फ ८१ लाख २५ हजार रुपयाँ खर्च भएको र कुल कारोवार ७ करोड ७६ लाख ६० हजार पुग्न सफल भएको सचिव श्रेष्ठले वताए ।
संस्थाले विभिन्न ३१ वुँदे वार्षिक नीति तथा कार्यक्रम लागू गरी सोही वमोजिम अगाडी वढ्ने लक्ष्य लिएको छ र उक्त नीति अनुसार सेयर सदस्य वृद्धि , वचत वृद्धि, कर्जा लगानी र असुली, सामाजिक दायित्व, कर्मचारी सम्वन्धी नीति कार्यक्रम, त्रिवर्षिया रणनीतिक योजना र भावी लक्ष्यहरु समेटिएको वार्षिक नीति तथा कार्यक्रम साधरण सभामा प्रस्तुत गरिएको थिएो ।
कार्यक्रममा जिल्ला सहकारी सघं कास्कीका अध्यक्ष सावीत्रा कोइराला, पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष रवि रमण तिवारी, कृषि विकास निर्देशानलायका बासु रेग्मी, सहकारी रजिष्टारका रमेश घर्ति, नेपाल निजामती कर्मचारी युनियनका गण्डकी संयोजक दीपक रेग्मी, नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान उपाध्यक्ष सुरेन्द्र प्रसाद अधिकारी, सहकारीका संस्थापक अध्यक्ष रामजी प्रसाद कोइराला, डा. प्रेम प्रसाद पगेनी , दिपेन थापा , नरेश पाण्डे, अनन्त लम्साल, सुर्य वराल लगायतले वोलेका थिए ।
साधरणसभामा विभिन्न विधामा सम्मान गरिएको थियो जसमा उत्कृष्ट कारोवार कर्तावाट कृष्ण राज वराल , कृष्ण प्रसाद वाँस्तोला , मनुमाया सारु मगर र पूर्व सल्लाहकार समितिवाट गुरु प्रसाद अर्याल, गोमा कुमारी अर्याल, लिला प्रसाद पगेनी, र उत्कृष्ट वचत कर्तावाट पार्वती कोइराला , अनिता देवकोटा , कृष्णमुरारी सिग्देल, उत्कृष्ट ऐच्छकि वचत प्रेम प्रसाद ढकाल , पदम वहादुर घिमिरे, गीता वि.क सदस्य वृद्धि अभियान वाट अर्जुन गुरुङ, डिल्लीराम रेग्मी,रन्जना पोखरेल,मुक्ती गिरी सुमन शर्मा जेष्ठ सदस्यवाट राम कोइराला, रचना गुरुङ,हरिमाया सिग्देल,उत्कृष्ट कर्मचारीको तर्फवाट शारदा गिरीलाई प्रमूख अतिथीले प्रमाण पत्र र दोसल्लाले सम्मान गर्नुभएको थियो ।
साधरण सभामा सहभागी शेयर सदस्यहरुलाई निशुल्क रुपमा स्वस्थ्य परिक्षण गरि सहयोग गरेकोमा ग्यालेक्सी हस्पिटललाइ कदर पत्र प्रदान गरिएको थियो । सहकारीका अध्यक्ष महेश कुमार सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष वद्री पोडेलले गर्नुभएको थिएो भने कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियनका उपाधयक्ष एवं सहकारीका सदस्य केदार सापकोटाले गर्नुभएको थियो ।