गाेरखा ७ असाेज ।
गोरखामा अवैध हातहतियारसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार आ-आफ्नो घर तथा गोठमा अवैध रुपमा हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय जौवारी गोरखा समेतको प्रहरी टोलीले खानतलासी गरेकाे थियाे ।
सिता बहादुर घलेको घरबाट १ नाले सर्ट गन नाल-१, ऐ. मा प्रयोग हुने जंगी राउण्ड (गोली) थान-२४, गोलीको खाली खोका थान-३५, माईला घलेको गोठबाट १ नाले भरुवा बन्दुक तथा कृष्ण प्रसाद घलेको घरबाट भरुवा बन्दुक नाल-१ बरामद गरेकाे प्रहरीले जनाएकाे छ ।
पक्राउ परका तिनै जनालाइ मुद्दा दर्ता गरी जिल्ला अदालत गोरखाबाट म्याद थप गरी अनुसन्धान कार्य भई रहेको प्रहरी उपरिक्षक खनालले वताए ।