काठमाडौं ६ भदैा ।
निर्वाचन आयोगले कर्मचारीको सरुवा वढुवा नगर्न र सरुवा भइसकेका कर्मचारीलाई पनि तत्काल रमाना दिन सरकारलाई निर्देशन दिएको छ ।
४ मंसिरमा हुने प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका लागि अस्थायी मतदाता नामावली सङ्कलनको कार्य सुरु भइसकेको भन्दै आयोगले अब कर्मचारी सरुवा हुँदा आफ्नो काममा बाधा पुग्ने बताएको छ ।
आयोगले कुनै कर्मचारीको सरुवा गर्नै पर्ने भए पूर्व स्वीकृति लिन पनि भनेको छ ।
यसअघि सरुवा भइसकेका तर रमाना लिन बाँकी कर्मचारीलाई पनि तत्काल रमाना दिएर सरुवा भएको स्थानमा पठाउन आयोगले निर्देशन दिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् ।