पोखरा, ५ असोज । कास्की प्रहरीले पोखरामा एटिएम फोरी चोरी गर्न प्रयास गर्ने ३ जनालाई पक्राउ गरेको छ । पोखरा ९ नयाँबजारमा रहेको कृषि विकास बैंकको एटिएम गत असोज ३ गते फोर्न प्रयास गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।
एटिएम फोर्न खोजेको सुचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट गएको टोलीले पोखरा १६ बस्ने २२ बर्षिय सन्दिप बस्नेत र १९ बर्षिय अनिस राना मगरलाई पक्राउ गरेको हो । बस्नेतलाई एटिम बुथबाट र मगरलाई भाग्दै गर्दा प्रहरीले पक्राउ गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरिक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए ।
त्यसै गरी असोज ४ गते पोखरा लेकसाइडमा रहेको एनमिवि बैंकको एटिम मेसिन खुकुरी प्रयोग गरी तोडफोड गर्न लागेको सुचना पाएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
धादिङ त्रिपुरा सुन्दरी गाउँ पालिका १ घर भई हाल पोखरा ८ बगालेटोल बस्ने २५ बर्षिय को मनोज कुमाल पक्राउ गरेको छ । उनका साथबाट खुकुरी सहित पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान गरी रहेको उनले बताए ।