Latest
अर्को
Prev

पत्रकार बस्नेत लाई नागरिक सम्मान अवार्ड प्रदान

सेयर गर्नुहोस

काठमाडौं, ५ भदौ ।


राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी सम्पादक सूर्यचन्द्र बस्नेतलाई ‘राष्ट्रिय नागरिक सम्मान तथा अवार्ड–२०७९’ प्रदान गरिएको छ । सम्पादक बस्नेत विगत तीन दशकदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।


राष्ट्रिय प्रेस क्लब, नेपालको ३८औँ वार्षिकोत्सवको अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्पादक बस्नेतसहित विभिन्न क्षेत्रमा योगदान गर्ने ४२ जनालाई सम्मान गरेका हुन् । सम्मानित हुनेमा पूर्वमन्त्री, साहित्यकार तथा समाजसेवी भद्रकुमारी घले, गायक तथा सञ्चारकर्मी कृष्ण कँडेल, समाजसेवीद्वय पदम उप्रेती र लोकबहादुर टण्डन, सामाजिक अभियान्ता रामशरण न्यौपाने, व्यावसायीद्वय इ विनोद ढकाल र बेदुप्रसाद पाण्डे छन् ।


सम्मानित व्यक्तित्व समाजसेवी उप्रेतीले मुलुकको व्यवस्था बदलिए पनि अवस्था जस्ताको जस्तै रहेको बताउँदै आर्थिक, सामाजिक विकाससँगै सुलुकको समग्र विकासको निम्ति सरकार, राजनीतिक दल र सम्बन्धित सबैमा आग्रह गरे ।


त्यस्तै, पूर्वउपराष्ट्रपति झाले पूर्ण प्रेस स्वतन्त्रता कायम गर्दै मानवअधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएका छन्। विशेष गरी विश्व शान्ति, प्रेस स्वतन्त्रता र मानवअधिकारको विषयमा छलफल गर्नुपर्ने बताउँदै उनले भने, “विश्व शान्ति, पूर्ण प्रेस स्वतन्त्रता र मानव अधिकारजस्ता विषयमा निरन्तर फोकस हुनुपर्छ, यी विषयलाई जनतासमक्ष पुर्‍याउनुपर्ने जरुरी छ ।”



आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist