Latest
अर्को
Prev

नागरिकता विधेयक प्रमाणीकरण भएन, रास्ट्रपतिद्वारा संविधानको उल्लंघन

सेयर गर्नुहोस

असोज-४, काठमाण्डौ । संघीय संसदका दुवै सदनले पास गरेर दोश्रो पटक प्रमाणीकरणका लागी रास्ट्रपति समक्ष पेस गरेको नागरिकता विधेयक रास्ट्रपति विधादेबी भण्डारीले प्रमाणीकरण नगरेर संबिधानको गम्भीर अबज्ञा गरेकी छन् ।


आज राती १२ बजेबाट प्रमाणीकरणको म्याद सकिएपछि सो विधेयक स्वतः निष्क्रिय बनेको छ ।दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।


संसद्ले अनुमोदन गरेको विधेयक राष्ट्रपतिबाट पनि अस्वीकार हुन सक्छ भन्ने परिकल्पना नै संविधानले गरेको छैन । 


यस अघि २९ साउनमा पहिलोपटक रास्ट्रपतिले संदेशसहित सो विधेयक संसदमा निया फिर्ता गरेकी थिईन ।  त्यसपछि, रास्ट्रीयसभा र प्रतिनिधि सभाबाट फेरी हुबहु पारित गरेर दोश्रोपटक प्रमाणीकरणका लागी पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए ।


संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिले यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो । संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’


तर राष्ट्रपति भण्डारीले भने विधेयक प्रमाणीकरण गरिनन् । राष्ट्रपति कार्यालय, शीतल निवासले किन विधेयक प्रमाणीकरण नगरिएको हो भनेर पनि बोलेको छैन ।





सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist