काठमाडौं । नेपाल साफ महिला च्याम्पियनसिपको उपाधि जित्न फेरि पनि असफल भएको छ ।
दशरथ रंगशालामा भएको फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएपछि फेरि उपविजेता भएको छ ।साफ महिला फुटबलमा नेपाल फाइनलमा पराजित भएको यो पाँचौ पटक हो ।बंगलादेशले छैटाैँ संस्करणकाे साफ महिला च्याम्पियनसिपकाे उपाधि जित्दै नयाँ ईतिहास रचेकाे छ ।
बंगलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जित्दै नयाँ ईतिहास रचेको छ । दशरथ रंगशालामा सोमबार घरेलु टोलीलाई स्तब्ध पार्न बंगलादेशकी कृष्णारानी सरकारले २ गोल गरिन्।पहिलो हाफमा २–० ले अग्रता लिएको बंगलादेशविरुद्ध नेपालले एक गोल फर्काएको थियो । नेपालका लागि अनिता बस्नेतले ७०औं मिनेटमा एक गोल फर्काइन् । नेपालले दोस्रो हाफमा बंगलादेशमाथि चर्को दबाब सिर्जना गरे पनि ती निर्णायक भएनन् । तर गोलरक्षकको कमजोरीको फाइदा उठाउँदै बंगलादेशले पुनः २ गोलको अग्रता लियो । थप समयमा गोल हुन नसक्दा बंगलादेशले पहिलो पटक नेपाललाई हराउँदै उपाधि जितेको हो ।पूरा प्रतियोगितामा अपराजित बंगलादेशले एक गोल मात्र खाएको छ ।