साफ यू-१७ च्याम्पियनसिप फुटबलको उपाधि जित्ने नेपालको सपना अधुरै बनेको छ ।श्रीलंकामा बुधबार सम्पन्न च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग ४-० ले पराजित भयो ।
समुह चरणमा ३-१ गोल अन्तरले भारतलाई हराएको नेपाल फाइनल खेलमा उच्च मनोबलका साथमा मैदान उत्रीएको थियो । फाईनल पुग्ने र सधै भारत संग फाईनलमा हारेर उप-बिजेता बन्ने इतिहास यसपाली नदोहोरिने अनुमान गरिएको थियो । तर, नतिजाले इतिहास बिर्साउन सकेन ।
फाइनलमा नेपाल भारतसॅंग ४-० गोलले पराजित हॅंुदैनेपाल उपविजेतामा सिमित भएको छ । भारतले समुह चरणमा ब्यहोरेको हारको बदला लिएको छ ।
रेसकोर्स रंगसालामा भएको फाइनल खेलको १८औं मिनेटमा भारतले गोल गर्दै सुरूवाती अग्रताबनाएको हो । भारतका लागि बबी सिंहले गाल गरेका हुन्। भारतले खेलको ३०औं मिनेटमा अग्रता दोब्बर बनायो। भारतका लागि कोरोउ सिंहले गोल गरे ।पहिलो हाफमा दुई गोलले पछि परेर दवावमा रहेको नेपाल ३८ औं मिनेटमा झड्का लाग्यो
नेपालका कप्तान प्रशान्त लक्ष्यम रातोकार्ड खादै मैदान छाडेका थिए ।
दस खेलाडीमा सिमित भएको नेपालले ६४औं मिनेटमा तेस्रो गोल खान पुग्यो । भारतीय कप्तान भनलालपेका गुइटेले गोल गर्दै टोलीलाई ३-० गोलको अग्रता दिलाए ।
खेलको थप गरिएको अतिरिक्त समयमा नेपालले गोल खान रुग्यो । भारतीय खेलाडी अमनले गोल गरेका थिए ।