Latest
अर्को
Prev

असोज १ गतेदेखि लाइसेन्स परीक्षाको नयाँ मापदण्ड लागु हुने, ७० अंक ल्याए पास

सेयर गर्नुहोस


काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो । 


मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो । 


वाग्मती प्रदेश श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले पटक-पटक ट्रायल परीक्षामा फेल भई बिचौलियाको मारमा पर्ने प्रवृत्तिलाई अन्त्य गर्न यस्तो प्रावधान कार्यान्वयनमा ल्याउन लागिएको बताए । 


वाग्मती प्रदेशअन्तर्गत काठमाडौँका चार (एकान्तकुना, ठुलो भर्‍याङ, चाबहिल, भक्तपुर)  र हेटौँडाको एउटा यातायात कार्यालयबाट सो प्रावधान लागु हुनेछ । जुन प्रावधानले गर्दा नयाँ सवारी चालकहरूले सजिलै लाइसेन्स निकाल्न सक्नेछन् । 


यातायात व्यवस्था विभागले ०७७ साल तयार पारेको ७० अंक ल्याए पास हुने निर्देशिका गतवर्ष वाग्मती प्रदेश श्रम रोजगार तथा यातायात मन्त्रालयमा पठाएको थियो । 


निर्देशिकाबमोजिम लिखित परीक्षामा ८० अंक ल्याए पास भई लाइसेन्स लिन पाउने व्यवस्था गरिएको छ । आन्तरिक विवाद र बिचौलियाको दबाबले निर्देशिका अहिलेसम्म कार्यान्वयनमा आउन सकेको थिएन ।  सवारी चालकहरूले प्रत्यक्ष सास्ती खेप्दै आएका थिए । 


पहिले नै कार्यान्वयनमा ल्याउनुपर्ने मापदण्ड अहिलेसम्म कार्यान्वयनमा नल्याइएको भन्दै विभाग प्रदेशसँग असन्तुष्ट छ । मन्त्रालयले नयाँ मापदण्ड लागु भइसकेपछि यातायात कार्यालयबाट हुने सेवा सुविधाहरू प्रविधिमैत्री बनाउँदै लैजाने योजना रहेको बताएको छ । 


सरकारले ०७७ चैत १९ गते जारी गरेको ‘सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७’ मा ट्रायल परीक्षा दिँदा आफ्नै सवारीसाधन प्रयोग गर्न पाउने व्यवस्था ल्याएको थियो । सो निर्देशिका कार्यान्वयनमा नआउँदै विभागले खारेज गरेको थियो । चालकले प्रयोगात्मक परीक्षा दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्नेछ । 


यातायात व्यवस्था विभागले १ वर्ष पहिले नै लागु हुने भन्दै नयाँ परीक्षा मापदण्ड वेबसाइटमा राखेको थियो । मापदण्ड निर्देशिकाअनुसार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको परीक्षा मापदण्ड खुकुलो बनाइएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist