आगामी मङ्सिर चार गतेको लागी तोकिएको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनका लागी नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कास्कीले उम्मेदवार सिफारिस गरेको छ ।
माओवादीले प्रनिधिधिसभा निर्वाचन क्षेत्रीय समन्वय समितिबाट पठाइएका नामहरु संशोधन सहित पैचालिस जनाको नाम प्रदेश समितिमा सिफारिस गरेको हो ।
माओबादीले सिफारिस गरेका नामावली यसप्रकार रहेका छन्:-
कास्की १:-
प्रतिनिधी सभा:-राजकाजी गुरुङ ‘करण’, योशादा सुवेदी गुरुङ, तेजकुमारी पौडेल र शिवजी लामिछाने
प्रदेश सभा (क):-दीपक कोइराला, विश्वप्रकाश लामिछाने, विमला पहारी, छवि लामिछाने र अमरदीप पराजुली
प्रदेश सभा (ख):- गायत्री गुरुङ, शरदचन्द्र बराल, तोरण गुरुङ र सूर्यप्रकाश तिवारी
कास्की २ :-
प्रतिनिधी सभा:- सुमन देवकोटा र गंगा पोखरेल
प्रदेश सभा (क):- जनकराज पराजुली र भक्तबहादुर खत्री
प्रदेश सभा (ख):- विनय थापा, हरिनारायण गिरी, रुद्र विश्वकर्मा र रामजी आचार्य
कास्की ३ :-
प्रतिनिधी सभा:- रामजीप्रसाद बराल, दुर्गाकुमारी विक, नवराज भण्डारी र बलराम सुवेदी
प्रदेश सभा (क):- आशमान रोका, सिर्जना त्रिपाठी, भोजराज पौडेल, टेकप्रसाद अधिकारी र तीर्थ लुइँटेल
प्रदेश सभा (ख):- त्रिभुवन पौडेल, अग्नि कँडेल, दुर्गादत्त भण्डारी, हरिप्रसाद भण्डारी र गोविन्द अधिकारी
प्रतिनिधिसभाको समानुपातिक:- सोमति गुरुङ, बखानसिंह गुरुङ, राजकुमार दुलाल, जुवेदा खातुन र अनिता भूर्तेल
प्रदेशसभामा समानुपातिक:- अलिसा आले, जगमाया सुनार, गोमा ढकाल, विश्वेश्वर आचार्य र सन्तबहादुर भुजेल
जिल्लाबाट पठाइएका नामहरुलाई आवश्यक राय सहित प्रदेश समितिले केन्द्रमा सिफारिस गर्नेछ । सत्ता गठबन्धनमा रहेको माओवादीले कास्कीमा प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई सिट पाउने गरी छलफल भइरहेको बताइन्छ ।