पोखरा उद्योग बाणिज्य संघको ३३ औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदमा काम गरि सकेका भरत केसीले ३४ महाधिवेशनमा पुनः सदस्य पदमै उम्मेदवारी दिएका छन् ।
हालको कार्यसमितिमा पनि सदस्य रहनु भएका उहाँ यही भदौ २४ र २५ गते हुने महाधिवेशनमा उप महासचिव पदका उम्मेद्वार हर्क बहादुर अधिकारी ‘मिरज’ ले संघको सचिवालयलाई सुदृढीकरण गर्दै सदस्यहरुको घरमै सेवा पु¥याउने प्रणालीको विकास गर्ने र डिजिटल सेवालाई प्रोत्साहन गर्ने बताएका छन् । सम्मानित सघं र समुन्नत व्यवसाय भन्ने नाराका साथ उपमहासचिव पदका उम्मेद्वार अधिकारी एक कार्यकाल कार्यसमिति सदस्य,भइसकेका हुन् ।
तनहुँ सम्पर्क समाजका आजीवन सदस्य मिर्लुृङ प्रोभिजन स्टेर्सका प्रोपाइटर ,बन्दीपुर केवलकार प्रा.लि का सञ्चालक, युनार्यटेड कल्वको आजीवन सदस्य, संचार ,पर्यटन,कृषि, व्यापार र रियल स्टेट व्यवसायमा संलग्न भई विभिन्न सामाजिक क्षेत्रमा काम गरिसकेकाे हुदाँ आफुले जित्नेमा ढुक्क रहेका छन् । विभिन्न सामाजिक संघ संथामा रहेर काम गरिसकेका अधिकारीले पोखरा उधोग वाणिज्य संघका उधोगी व्यवसायी समक्ष आफुलाइ मतदान गर्न आग्रह गर्दै सधै उधोगी व्यवसायीका हक हितका सवालमा काम गर्ने प्रतिबद्दता व्यक्त गरेका छन् ।