पोखरा उद्योग बाणिज्य संघको ३३ औँ महाधिवेशनमा कार्यसमिति सदस्य पदमा काम गरि सकेका भरत केसीले ३४ महाधिवेशनमा पुनः सदस्य पदमै उम्मेदवारी दिएका छन् ।
हालको कार्यसमितिमा पनि सदस्य रहनु भएका उहाँ यही भदौ २४ र २५ गते हुने महाधिवेशनमा अझ बढी अनुभव हासिल गर्दै माथिल्लो पदमा जाने लक्ष्यका साथ सदस्यमा पुन दोहोरिनका लागि उमेदवारी दिएका छन् ।
पोखरामा विजी इलेक्ट्रोनिक्स, विजी ट्रेडिङ हाउस लगायतका व्यावसायिक तथा सामाजिक संघ संस्थामा आवद्ध रहनुभएका केसीलाई पुरानो गरीमामय इतिहास बोकेको उद्योग बाणिज्य संघलाई सबै उद्योगी व्यवसायीको साझा घर र संस्थालाई जीवन्त राख्नुपर्ने बताउछन ।
उहाँले भन्नुभयो,“संस्थाको गरीमा र यसको मान सम्मानलाई अझ उँचो बनाउनु आवश्यक छ । संस्थालाई जीवन्त राख्दै सवैलाई अपनत्व दिलाउनुपर्दछ ।”
सदस्यका उम्मेदवार केसीले हाल संघमा तीन हजार १०० सदस्य रहेको तथा १० औँ हजार उद्योगी व्यवसाी पोखरामा रहेकाले उनीहरुलाई पनि संस्थाको छाताभित्र ल्याउने आफ्नो योजना रहेको जानकारी दिनुभयो ।
तनहुँ जिल्ला साविक मृर्लुङ गा.वि.स हाल भानु नगरपालिकाका के.सी तनहुँ सम्पर्क समाजका अध्यक्ष र विभिन्न सामाजिक कार्यमा संल्गन रहेका छन् ।