Latest
अर्को
Prev

गृहले गर्याे केहि जिल्लाका सि. डि.याे काे सरूवा कास्कीमा टेक वहादुर केसी आउने

सेयर गर्नुहोस


२१ भदाै ।


गृह मन्त्रालयले केही जिल्लाको सि.डि.यो हरुको सरुवा गरेको छ । काठमाडौँका प्रजिअ गोविन्द रिजाल प्रदेश जाने भएसँगै केही समयअघि देखि नै सरुवा मागिरहेका थिए । तत्कालका लागि रिजाललाई गृहको कर्मचारी प्रशासन महाशाखा प्रमुखमा सरूवा भएको छ ।  ललितपुरमा कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य गएका छन् ।


यसैगरी कास्कीमा मन्त्रालयका प्रशासन महाशाखा प्रमुख टेकबहादुर केसीलाई पठाइएको छ । जुम्लाकी प्रजिअ विजया कुमारी प्रसाईँलाई मन्त्रालयमा त्यहाँ मुकेशकुमार केसरीलाइ खटाइएको छ । 


यसै गरी दैलेख जिल्ला प्रशासनको जिम्मेवारी गोगन बहादुर हमाललाई दिइएको छ भने दैलेखका हरि प्याकुरेललाई बाँकेको सहायकमा पठाइएको छ । सूचना विभागको महानिर्देशक रहेका हमाल केही समयअघि गृह मन्त्रालयमा सरुवा भएका थिए ।


बाँकेका सहायक टोपेन्द्र बहादुर के.सी.लाई इलाका प्रशासन कार्यालय सिमरा, पाँचथर सुरेश न्यौपानेलाई मन्त्रालय र पाँचथरमा गणेश गैरेलाई सरुवा गरिएको छ ।  


यसैगरी सङ्खुवासभाका प्रजिअ नुरहरी खतिवडालाई सप्तरी जिल्ला प्रशासन कार्यालय, सप्त रीको जनार्दन गौतमलाई उदयपुरको प्रजिअ र उदयपुरका वीरेन्द्र यादवलाई सङ्खुवासभामा सरुवा गरिएको उच्च स्रोतले जानकारी दिएको छ ।


आन्तरिक राजस्व कार्यालय, पोखरा - 1

सम्बन्धित समाचार

सम्बन्धित खबर

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist