तनहुँ भदाै १८ ।
अागमी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यकाे लागि माओवादी केन्द्र तनहुँले क्षेत्र नम्बर २ मा प्रत्यक्षबाट माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री आशा कोईरालाको नाम सर्वसम्मत सिफरिस गरेकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तनहुँ प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ समन्वय समितिको बैठकले कोईरालाको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र शुक्लागण्डकीका नगर अध्यक्ष मनराज गुरुङले बताए । सङघीय सरकरकाे महिला , वालवालिका तथा समाजकल्याण मन्त्री भइसकेकी काेइराला हाल गण्डकी प्रेदेश सभा सदस्य छिन । यसै गरि समानुपातिक तर्फ केन्द्रिय सल्लाहकार शम्भु बहादुर अधिकारी र प्रदेश सदस्य रामबहादुर थापा सिफारिस भएका छन् ।
यसै गरि प्रदेश सभा २ (क) को प्रत्यक्ष तर्फ बैकल्पिक केन्द्रिय सदस्य राजेन्द्र केशरी न्यौपाने, प्रदेश समिति सहसचिव अतिन्द्र केशरी न्यौपाने, जिल्ला संयोजक ओमराज आले(मदन), प्रदेश समिति सदस्य बिकास श्रेष्ठ र सम्पर्क मंचका अध्यक्ष मदन पौडेलको नाम सिफारीस भएको छ ।
प्रदेश सभा २ (ख) को प्रत्यक्ष तर्फ देबी कुमारी बुर्जा मगर सर्वसम्मत सिफारिस भएका छन् । यसै गरि समानुपातिक तर्फ दिलबहादुर नेपाली, जौमाया बराल सुनार इन्द्र ब.अधिकारी सिफारिस भएका छन् ।