राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार माध्यमिक तह ((कक्षा १२) को परीक्षाकाे; नतिजा सार्वजनिक गरेको छ । जेठ १६ देखि २५ गते लिइएको १२ कक्षाको परीक्षामा परीक्षामा नियन्त्रण कार्यालयका अनुसार ३ लाख ६३ हजार ८ जना परीक्षार्थी सहभागी थिए । सहभागी परीक्षार्थी मध्ये ४१७९ परीक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थी ३०१०७ रहेका छन् ।
शुक्रबार प्रकाशित नतिजा अनुसार ननग्रेडेड परीक्षार्थीको संख्या भने १८८४१० रहेको छ । दुई विषयमा ननग्रेडिङ (एनजी) आउने परीक्षार्थीले असोजको अन्तिममा हुने परीक्षामा सहभागी हुन पाउने छन् ।
परीक्षा बोर्ड, नेपाल टेलिकम लगायत विभिन्न वेबसाईट, एसएमएस तथा आइभिआर मार्फत हेर्न सकिनेछ ।