काठमाडौं । नेपाल आयल निगमले मट्टितेल र डिजेलमा मूल्य वृद्धि गरेको छ ।
इन्डियल आयल कर्पोरेशन आईओसीबाट मूल्य बढेर आएसँगै नेपालमा पनि मट्टितेल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँका दरले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । यस अघि आईओसीले मुल्य घटाएर पठाउदा घाटा कम गर्ने भन्दै नेपालमा मुल्य नघटाएको निगमले आज मुल्य बढेर आउनासाथ बढाएको हो ।
बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । यससँगै अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ । पेट्रोलमा भने मूल्य बढाइएको छैन । त्यस्तै, एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ घटेर आए पनि नेपालमा घटाइएको छैन ।
आयल निगमको बिज्ञप्ति पढ्नुहोस:-