नेपाली कांग्रेसले मंसिर ४ गतेको प्रदेश सभा र प्रतिनिधि सभाका लागि आफ्ना उमेदवारको नाम संकलन देश भरीका प्रतिनिधि सभा १६५ र प्रदेश सभा ३३० क्षेत्र मा गरि रहेको छ भने इच्छुक उमेदवारले नाम सिफारिसका लागि दावा गरि रहेका छन । कास्की जिल्लामा पनि आज बाट इच्छुकहरुको नाम संकलन सप्पन्न भएको छ ।
कास्की क्षेत्र न ३(१) मा प्रदेश सभाका लागि नेपाली कांग्रेसका माहाधिबेशन प्रतिनिधि बिष्णु बहादुर क्षेत्री को दाबी रहेको छ । २०४७ साल मा १३ बर्षको उमेर मा पृथ्वीनारायण माबी को नेपाल विद्यार्थी सङ्ग को सस्थापक सभापति भएर राजनीति यात्रा प्रारम्भ गरेका क्षेत्री ले विद्यार्थी राजनीति मा २०४८ मा क्षेत्रीय सद्स्य , २०५१ क्षेत्रको उपसभापति ,२०५२ मा पृथ्वीनारायण क्याम्पसको सदस्य , २०५३मा पृथ्वीनारायण क्याम्पसको कोषाध्यक्ष र क्षेत्रको उपासभापति २०५५ मा क्षेत्र न ३ को सभापति , २०५६ को निर्वाचन मा विद्यार्थी परिचालन समितीको सम्योजक२०५७ मा गण्डकी अञ्चल समिती को सद्स्य २०५९ मा पस्चिमाचल समिति को सचिब को जिम्मेवारी पूरा गर्नु भएको छ ।
कांग्रेस पार्टी मा २०५१ मा गाउँ इकाई कार्य समिती को सचीव , नेपाली कांग्रेस क्षेत्र न ३ कास्की सहसचिव २०६१ , २०६४ संविधान सभा पहिलो निर्बाचन मा युबापरिचाल समितिको संयोजक , नेपाल लोकतान्त्रिक खेलकुद सङ्ग को सस्थापक सदस्य २०७० , नेपाली कांग्रेसको १३ माहाधिबेशन बाट जिल्ला सदस्य २०७३, चुनाव प्रचार प्रसार समितीको संयोजक २०७४ क्षेत्र न ३ (१) , १४औं माहाधिबेशन मा माहाधिबेश प्रतिनिधिको भुमिका पुर्ण रुपमा निर्बाह गर्नु भएको छ भने स्थानीय बिकास समितीहरु बिधालय युबा क्लब , लायन्स क्लब मा रहेर देश र समाजको सेवा निरन्तर गरि रहनु भएको छ ।
पत्रकारिता मा एम ए पास गर्नु भएका क्षेत्रीले राजनीति र समाजसेवामा पनि लामो समय देखि कार्य गर्दै आउनु भएको छ । आफ्नो जीवन देश र जनता को सेवामा समर्पित गर्ने उद्घोषका साथ प्रभु टेलेभिजनको CEO बाट राजिनामा दिएर अहिले क्षेत्रमा शैक्षिक सुधारको मुद्दा लाई अगाडी सारेर काम गरि रहनु भएको छ । बिष्णु बहादुर क्षेत्री बर्तमान आबस्यकता परिपुर्तिका लागि दुरदर्शिता , कार्यमा पारदर्शिता , उत्पादन मा कृषि, पर्यटन र प्रकृतिको सहभागिता हुनु पर्ने कुरा बताउनु हुन्छ ।
कास्की क्षेत्र न ३ मा उहाँ कांग्रेसको उमेदवार हुँदा जित निकाल्न सहज हुने कांग्रेसीहरु को अनुमान छ । सो क्षेत्र को लागि माहासमिती सदस्य खुशिमान गुरुङ , नगरसभापति सुरेन्द्रमान बिजुक्छे , मिना सुवेदी बिष्णुप्रसाद अधिकारी, उमेश पराजुली, दिपक पौडेल , बिरेन्द्र गुरुङ्ग केशव अधिकारी राजु, शङ्कर ढुगाना लगायतले आफ्नो नाम सिफारिसका लागि निवेदन दिएको छन ।